काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति पुटिनले नेपालका समकक्षी रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहप्रति समवेदना सन्देश पठाएको रुसको विदेशमन्त्रालयले जनाएको छ ।
अगस्ट २७ मा राष्ट्रपति पौडिनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नेपालका उत्तरपूर्वी क्षेत्रमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
पुटिनले विपद्मा ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले विपद्को यस दुःखद् घडीमा रुसले नेपालको मैत्रीपूर्ण जनताको पीडालाई साझा गरेको बताएका छन्।
राष्ट्रपति पुटिनले सन्देशमा भनेका छन्, “तपाईंको देशका उत्तरपूर्वी क्षेत्रमा पहिरो र बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति मेरो गहिरो समवेदना स्वीकार गर्नुहोस्।”
उनले विपद्मा परी ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तलाई आफ्नो हार्दिक सहानुभूति पुर्याइदिन नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीपहिरोबाट विशेषगरी रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ।
















प्रतिक्रिया