१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपाल-चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू



काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । जोखिम बढेसँगै चीनले तिब्बततर्फ सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्य तत्कालका लागि रोकेको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार अस्थायी ताल फुटेपछि नदीको बहाव बढ्नुका साथै तल्लो तटीय क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम देखिएको हो । त्यसपछि उद्धार तथा राहतमा खटिएका टोलीलाई सुरक्षित स्थानमा रहन निर्देशन दिइएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ पहिरोका कारण बनेको अस्थायी ताल फुटेको सूचना प्राप्त भएको भन्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । नेपाल प्रहरीले समेत नदी आसपासका सर्वसाधारण तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

दुई नदीको संगम क्षेत्रमा बनेको नयाँ अवरोधका कारण पानीको सतह बढेमा पुनः ताल फुट्न सक्ने जोखिम रहेको चिनियाँ पक्षले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ ।

तालको अवस्था र जोखिम मूल्यांकन गर्न चीनले इन्जिनियर तथा प्राविधिक टोली परिचालन गरेको छ । टोलीले हवाई सर्वेक्षण तथा थ्री-डी मोडलिङमार्फत तालको आकार, पानीको मात्रा, बाँधको अवस्था र सम्भावित जोखिमबारे अध्ययन गरिरहेको जनाइएको छ ।

चीनले तिब्बत-नेपाल सीमा क्षेत्रमा आएको आकस्मिक बाढीपछि लेभल-४ आपत्कालीन सतर्कता जारी गरेको छ । चीनमा प्राकृतिक विपद्सम्बन्धी आपत्कालीन अवस्थालाई चार तहमा वर्गीकरण गरिन्छ, जसमा लेभल-१ सबैभन्दा गम्भीर र लेभल-४ तुलनात्मक रूपमा न्यूनतम आपत्कालीन स्तर हो ।

नेपालतर्फ पनि पछिल्लो बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । सीमा क्षेत्रमा पानीको बहाव बढ्ने तथा थप ताल फुट्ने सम्भावनाका कारण नदी आसपासका बस्तीमा निरन्तर निगरानी र उच्च सतर्कता आवश्यक देखिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ११ : ५९ बजे

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८