१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति



काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान गएको भीषण बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यमा अन्तरराष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले अन्तरराष्ट्रिय सहयोग अस्वीकार गरेको नभइ राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको हो ।

नेपालको भौगोलिक बनावट, विकट भू–भाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै उनले सरकारले सुरुआती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको बताए ।

अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सिर्जना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताए । “हाम्रो टिम सक्षम छ, हाम्रो भूगोलप्रति परिचित छ । हाम्रो सुरक्षा निकायहरू–सेना, प्रहरी र सशस्त्र प्रहरी(सबै यसमा लागिरहेका छन्,” उनले भने ।

मन्त्री खनालले विपद् हुनेबित्तिकै हरेक मुलुकले विदेशी सहयोग नलिने भन्दै आफ्नो राष्ट्रिय क्षमताले धान्न सक्ने अवस्थासम्म आफ्नै संयन्त्रबाट काम गर्नु स्वाभाविक भएको बताए । नेपालको राष्ट्रिय संयन्त्र, संरचना र संस्थाले आफैँ गर्न सक्ने काममा आत्मविश्वासका साथ अघि बढ्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

यद्यपि, सरकारले मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको उनले स्पष्ट पारे । विशेषगरी सुरुङभित्र उद्धार गर्नुपर्ने वा अत्यन्त जटिल भौतिक संरचनामा विशेष प्राविधिक क्षमता आवश्यक पर्ने अवस्था आएमा आवश्यकताअनुसार अन्तरराष्ट्रिय सहयोग लिन सरकार तयार रहेको उनले उल्लेख गरे । “जहाँ हामीलाई थप प्राविधिक क्षमता आवश्यक हुन्छ, त्यहाँ आवश्यकताअनुसार सहकार्य गर्छौं,” मन्त्री खनालले भने । उनले यस सम्बन्धमा मित्रराष्ट्रहरूसँग सरकार निरन्तर संवाद र समन्वयमा रहेको जानकारी दिँदै आवश्यकताअनुसार प्राविधिक सहयोग लिने स्पष्ट नीति रहेको बताए ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ३ : ४४ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a