१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो



काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १५ः०० बजे सम्म ५ सय ४७ जनाको शव फेला परेको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३८ जना, धादिङमा ४० जना, चितवनमा २ सय २१ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय ३४ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ५ सय ४७ जनाको शव फेला परेको हो ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

बाढीका कारण तीन दिनदेखि ९७७ जना सम्पर्कविहीन छन्। जसमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १ र, अध्यागमन कार्यालयका चार जना कर्मचारी सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यससँगै रसुवाका १६१, नुवाकोटका एक र मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको जानकारी आएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, नेपाल भ्रमणमा आएका ५१७ जना विदेशी नागरिक पनि सम्पर्कविहीन भएका छन्। यसैगरी, नेपाल घुम्न आएको विदेशमा बस्ने १२७ जना नेपाली नागरिक पनि तीन दिनदेखि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

हालसम्म बाढीबाट ७३ जना घाइते अवस्थामा फेला परेका छन् । उनीहरूमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो तीन दिनमा तीन हजार ७४२ जनाको उद्धार गरिएको छ। त्यस्तै, विदेशी नागरिक २५ जनाको पनि उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट ७८ उडानमार्फत उनीहरूको उद्धार गरिएको हो।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ४ : २० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा