१४ भदौ २०८३, आइतबार | August 30, 2026

भोटेकोशीमा बाढीको जोखिमपछि बन्द काठमाडौं-मुग्लिन सडक पुनः सञ्चालन



काठमाडौं । भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि करिब एक घण्टा बन्द गरिएको काठमाडौं-मुग्लिन-नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीले सडकमा अहिले कुनै अवरोध नरहेको जनाएको छ । मौसमसमेत सामान्य र सफा रहेकाले यातायात सहज रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको हो ।

रसुवाबाट पुनः बाढी आएको सूचना फैलिएपछि धादिङको गल्छी क्षेत्रका नदी तथा तटीय बस्तीका बासिन्दा त्रसित भएका थिए । सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए भने प्रहरीले माइकिङ गर्दै जोखिमयुक्त बस्ती खाली गराउन थालेको थियो ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही समय राजमार्गमा समेत सवारी आवागमन रोकिएको थियो । सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको थियो । तर, अपेक्षित रूपमा ठूलो बाढी नआएपछि सडकमा यातायात पुनः सञ्चालन गरिएको हो ।

प्रहरीका अनुसार मुग्लिन-नारायणगढ र मुग्लिन-काठमाडौं सडकखण्डमा कुनै अवरोध छैन र दुवैतर्फ सवारी सञ्चालनमा छन् । मुग्लिन-पोखरा सडकखण्ड पनि सञ्चालनमा रहेको छ । डुम्रे क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

त्यसैगरी नारायणगढ-बुटवल, बुटवल-पोखरा, नारायणगढ-हेटौँडा, धादिङ–सितापाइला तथा आँबुखैरेनी-गोरखा सडकखण्डमा पनि कुनै अवरोध नरहेको र यातायात अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ८ : ०३ बजे

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा

एसिसी प्रिमियर कप : उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा