२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह र रजिस्ट्रारमा प्रा रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।

त्रिवि उपकुलपति प्राडा भोला थापाको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सिंह र शिवाकोटीलाई क्रमशः शिक्षाध्यक्ष र रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीलाई मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरिनुका साथै शपथ गराउने कार्यक्रम छ ।

शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।

यसअघि त्रिविको निमित्त रजिस्ट्रारको जिम्मेवारी प्राडा महानन्द चालिसे र शिक्षाध्यक्षको जिम्मेवारी प्राडा शंकर खनालले सम्हाल्दै आएका थिए ।

सरकारले गत वैशाखमा अध्यादेशमार्फत त्रिभुवन विश्वविद्यालयका तत्कालीन पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो । त्यसपछि गत असारमा उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रार पद लामो समयदेखि रिक्त रहँदै आएको थियो ।

नयाँ पदाधिकारी नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक नेतृत्वले पूर्णता पाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ११ : ३२ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य