३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

डीएनए परीक्षण उपकरण र हेभी ड्रोनसहित चिनियाँ सैन्य कार्गो विमान नेपालमा



काठमाडौं । चीनले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरण र राहत सामग्रीसहित अर्को सैन्य कार्गो विमान नेपाल पठाएको छ।

मंगलबार साँझ चिनियाँ सेनाको कार्गो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानमा बेपत्ता तथा मृतकको पहिचानका लागि प्रयोग हुने डीएनए परीक्षण उपकरण तथा डीएनए पहिचानसम्बन्धी पाँच जना चिनियाँ विज्ञ समेत नेपाल आएका छन्।

चिनियाँ पक्षले विपद्का बेला खोज तथा उद्धारमा प्रयोग हुने हेभी ड्रोन लगायतका उपकरणसमेत नेपाल पठाएको जनाएको छ। यस्ता उपकरण भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यमा प्रयोग गरिने बताइएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमा बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत ल्याइएको छ। यो चीनले नेपाललाई उपलब्ध गराएको राहत सामग्रीको दोस्रो खेप हो।

यसअघि चिनियाँ सेनाका दुई वटा कार्गो विमानमार्फत नेपालमा राहत तथा उद्धार सामग्री ल्याइएको थियो। चीनले नेपाल सरकारको अनुरोधपछि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।

डीएनए परीक्षणसम्बन्धी उपकरण र विज्ञको आगमनले बाढी तथा पहिरोमा बेपत्ता भएका व्यक्तिको पहिचान गर्न तथा मृतकको सनाखत प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ८ : ३० बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी