१६ भदौ २०८३, मंगलबार | September 1, 2026

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार



रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित आज दुई जनालाई बगाएको छ । खोलाले बगाएका मोटरसाइकल पछाडि सवार १८ वर्षीय प्रवीण बस्नेतको सकुशल उद्धार गरिएको छ भने मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झवीन्द्र परियारले जानकारी दिए ।

उनका अनुसार खलङ्गाबाट कुनाखेत हुँदै स्यार्पुतालतर्फ जाँदै गरेको रा६प १६१८ नम्बरको मोटरसाइकल तिल्चा खोला पार गर्ने क्रममा एक्कासी चिप्लिएर खोलामा बगेको थियो । मुसिकोट नगरपालिका-४ सोलाबाङ निवासी १८ वर्षीय प्रशान्त सन्यासीले मोटरसाइकल चलाएका जनाउँदै मोटरसाइकलको पछाडि रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ का १८ वर्षीय प्रवीण बस्नेत सवार रहेका उनले बताए ।

मोटरसाइकल चिप्लिएपछि चालक सन्यासी र पछाडि सवार बस्नेतलाई खोलाले बगाएको थियो । बस्नेतलाई खोलाको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला परेपछि सकुशल उद्धार गरिएको प्रहरी निरीक्षक परियारले उल्लेख गरे । मोटरसाइकलसहित चालक प्रशान्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ९ : ५८ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि