१७ भदौ २०८३, बुधबार | September 2, 2026

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित



बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छन् । युनियनको २२ औँ साधारणसभा तथा १० औँ जिल्ला अधिवेशनबाट तिवारी सभापतिमा निर्वाचित भएकी हुन् ।

मंगलबार भएको मतदानमा तिवारीले ५५ मत प्राप्त गरिन् भने सभापतिका अर्का प्रत्याशी दीपक घिमिरेले ४४ मत पाए ।

यस्तै, सचिवमा राम भण्डारी निर्वाचित भएका छन् । सचिव पदका अर्का प्रत्याशी आचार्य प्रदीपलाई एक मत अन्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ५० मत प्राप्त गर्दा आचार्यले ४९ मत पाए ।

उपाध्यक्षमा रमेश अर्याल (खुला), सीता गौतम बराल (महिला) र तिलक सुवेदी (समावेशी) सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा कल्पना शर्मा तथा सहसचिवमा सृष्टि अधिकारी भुसाल र बसन्तराज बराल चयन भएका छन् । कार्यसमिति सदस्यमा सन्तकुमार श्रेष्ठ र नवीन राना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक जीवनारायण अधिकारीले जानकारी दिए ।

सभापति र सचिवबाहेक अन्य सबै पदमा सर्वसम्मत भएको हो । अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन गरेको छ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ८ : १७ बजे

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु

यस्तो छ आज विभिन्न सडकको अवस्था

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा

भोटेकोशी बाढी : शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर