१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ०२ अङ्कले बढेर ४४९ दशमलव १८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव २२ अङ्कले बढेर १७४ दशमलव १९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव १७ अङ्कले बढेर १५१ दशमलव ६१ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर रु दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घटेको छ । आज १९३ कम्पनीको सेयर बढ्यो भने ७५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज उपकार लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत, आत्मनिर्भर लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज एनएमबी इजर्नी बण्ड, आरबिबि म्युचुअल फण्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ३ : ५८ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम