१४ आश्विन २०८३, बुधबार | September 30, 2026

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो



काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ८२ अङ्कले घटेर दुई हजार ५९८ दशमलव ८९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ ।

त्यसैगरी, फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १७९ दशमलव ०२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १५६ दशमलव ७८ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर रु चार अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मूल्यमा खरिद बिक्री भएका छन् । तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो । आज १०९ कम्पनीको सेयर बढ्यो भने १५७ कम्पनीको सेयर घट्यो ।

त्यसैगरी, १३ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेकाअनुसार सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सानिमा ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर, सोपन फर्मासिट्रिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : ४६ बजे

अझै निकाल्न सकिएन राइनो क्रुज

चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा

सानातिना मतभेद छाडेर एकताबद्ध बन्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज