२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले बढेर ४६२ दशमलव ०४ मा पुगेको छ ।

यसैगरी, फ्लोट सूचक शून्य दशमलव २२ अङ्कले बढेर १७७ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २९ अङ्कले बढेर १५५ दशमलव ६५ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर रु तीन अर्ब ९३ करोड पाँच लाख ६० हजार ९५२ मूल्यमा खरिद–बिक्री भएका छन् । आज १३ उपसमूहमध्ये आठ उपसमूह बढ्यो भने पाँच उपसमूह घटेको छ । आज १४० कम्पनीको शेयर बढ्यो भने १२७ कम्पनीको शेयर घट्यो । त्यसैगरी, ११ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर, लक्ष्मी भ्यालू फन्ड लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आरबिबी म्युचुअल फन्ड, घलेम्दी हाइड्रोपावर, मैबुलुङ इनर्जी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ३ : ३९ बजे

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज