१८ भदौ २०८३, बिहिबार | September 3, 2026

कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा



महेन्द्रनगर । कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको बताए ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

राक्सिराङ र कैलाशमा सार्वजनिक बिदा

चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) का अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

दुवै गाउँपालिकाले यही भदौ २२ र २३ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । राक्सिराङ गाउँपालिकाले सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

कैलाश गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । चेपाङ समुदायले यही भदौ २२ गते राति वनस्पति र नयाँ खाद्यान्न बाली घरमा राखी पूजा गर्ने, एकपाखे ढ्याङ्ग्रो बजाउने तथा २३ गते बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर आफन्तसँग न्वागी मनाउने परम्परा छ ।

नयाँ बाली भित्र्याएपछि पितृलाई चढाएर मात्र आफूले ग्रहण गर्ने चेपाङ समुदायको परम्परा छ । न्वागीमा नयाँ उब्जनी पितृलाई चढाउनाका साथै भूमि तथा प्रकृतिको पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ७ : ०३ बजे

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार

रास्वपा सचिवालयको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौं