१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग



काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोवल मनि एक्सप्रेस (जिएमई) ले २ करोड कोरियन वन (नेपाली बाईस लाख बढी) सहयोग रकम प्रदान गरेको छ ।

बाढी पश्चात नागरिकको उद्धार, खोज तथा पुनर्स्थापनाका लागि जिएमई कोरियाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिँदै जिएमई कोरियाले सहयोग प्रदान गरेको जिएमईले जनाएको छ । यो सहयोगले प्रभावित परिवारलाई पुनःस्थापना गर्न, तत्काल राहत पुर्‍याउन, रस्थानीय समुदायको पुनर्निर्माणमा भइरहेका अन्य प्रयासहरूलाई थप बल पुर्‍याउन मद्धत पुग्ने आशा समेत जिएमईले गरेको छ ।

संस्थाले यसअघिका समयमा पनि मुलुकका विभिन्न क्षेत्रमा आएका प्राकृतिक विपत्ति, महामारी जस्ता विपद्का समयमा अग्रभागमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता प्रदान गर्दै आएको छ ।

प्राकृतिक विपद्को यो समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सक्ने सुविधा पनि कम्पनीले यसअघि नै ल्याईसकेको छ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ३ : ३२ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम