काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोवल मनि एक्सप्रेस (जिएमई) ले २ करोड कोरियन वन (नेपाली बाईस लाख बढी) सहयोग रकम प्रदान गरेको छ ।
बाढी पश्चात नागरिकको उद्धार, खोज तथा पुनर्स्थापनाका लागि जिएमई कोरियाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिँदै जिएमई कोरियाले सहयोग प्रदान गरेको जिएमईले जनाएको छ । यो सहयोगले प्रभावित परिवारलाई पुनःस्थापना गर्न, तत्काल राहत पुर्याउन, रस्थानीय समुदायको पुनर्निर्माणमा भइरहेका अन्य प्रयासहरूलाई थप बल पुर्याउन मद्धत पुग्ने आशा समेत जिएमईले गरेको छ ।
संस्थाले यसअघिका समयमा पनि मुलुकका विभिन्न क्षेत्रमा आएका प्राकृतिक विपत्ति, महामारी जस्ता विपद्का समयमा अग्रभागमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता प्रदान गर्दै आएको छ ।
प्राकृतिक विपद्को यो समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सक्ने सुविधा पनि कम्पनीले यसअघि नै ल्याईसकेको छ।
















प्रतिक्रिया