२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार



काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन् । बाढीपछि हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको उनले जानकारी दिए ।

तीमध्ये ९८ जनाको सनाखत गरी शव आफन्तलाई बुझाइएको प्रवक्ता महतले जानकारी दिए । अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा बढी रसुवाबाट दुई हजार ८६० र नुवाकोटबाट एक हजार ९८१ जना छन् । बाँकी नेपाली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका उनले बताए ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ८२७ जनाले प्राथमिक उपचार सेवा लिएका छन् । प्राधिकरणका अनुसार विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकामा २४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपाली सेनाबाट तीन हजार ४०४ जना र सशस्त्र प्रहरीबाट तीन हजार ९६ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सक्रिय छन् ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई समन्वयात्मक रूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ८ : ३७ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको