१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै



काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै हुनेछ।

यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोडले भाग जाने गरी कुल आह्वान रकम (७० अर्ब रुपैयाँ) सम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलनको सावाँ तथा ब्याज भुक्तानी आगामी कात्तिक २० गते हुनेछ। बोलकबोल बहुब्याजदर प्रणालीमा हुनेछ, जसमा आवेदकले चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर (दशमलवपछिको चार अंकसम्म) खुलाउनुपर्नेछ। निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ भने समान ब्याजदर भएमा प्रो(राटा ९अनुपातिक० आधारमा रकम बाँडफाँड गरिनेछ।

प्राप्त बोलपत्रहरू आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार खुला बजार सञ्चालन समितिमा निहित रहने राष्ट्र बैंकले जनाएको छ। स्वीकृत बोलको रकम सम्बन्धित संस्थाको खाताबाट कट्टा गरी राष्ट्र बैंकको छुट्टै खातामा जम्मा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राख्नेसम्मको कारबाही हुन सक्ने चेतावनी दिइएको छ।

यो निक्षेप रकम बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, तोकिएको भुक्तानी मितिअघि यो रकम फिर्ता वा पूर्वभुक्तानी नहुने स्पष्ट पारिएको छ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  २ : १२ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम