२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन



हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जानकारी दिए । त्रिभुवन राजपथले हेटौँडालाई पालुङ–नौबिसे हुँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्छ ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गत भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्नेगरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो ।

कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुला गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ११ : ११ बजे

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?