२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो



काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको शव निकालिएको छ ।

शुक्रबार दिउँसो १२ बजे आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्न बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवलाई ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।

टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकाले उक्त इलाकामा खोजीकार्य भइरहेको सेनाको भनाइ छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीकार्य जारी छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ४० बजे

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री