२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस



काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापाको नाम सिफारिस गरिएको छ।

त्यस्तै, संयुक्त अधिराज्य (बेलायत)का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जबराको नाम सिफारिस गरिएको छ। जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन सिफारिसमा परेका छन्।

यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।

सिफारिस गरिएका व्यक्तिहरूको नाम अब संसदीय सुनुवाइका लागि संघीय संसद्मा पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा उनीहरूको नियुक्तिका लागि सहमति माग्दै ‘एग्रिमो’ पठाइनेछ।

सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक रूपमा सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया रहेको छ।

सरकारले राजदूत सिफारिस गर्दा कूटनीतिक क्षेत्रसँगै विभिन्न पेशा, अध्ययन, अनुसन्धान र नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : २० बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले