३ आश्विन २०८३, शनिबार | September 19, 2026

आज संविधान दिवस मनाइँदै



काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधानसभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ ।

संविधान दिवसका अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने गरेको छ ।

प्रदेश सरकार, स्थानीय सरकार, गणतन्त्रवादी राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा राजनीतिक दलका नेताहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको उपलब्धिका रूपमा संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको हो । दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले लामो छलफल, बहस र विवादपछि नेपालको संविधान जारी गरेको थियो ।

२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।

नेपालको संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा संस्थागत गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । संविधान दिवसका अवसरमा संविधानको कार्यान्वयन, संरक्षण तथा लोकतान्त्रिक मूल्य-मान्यताको सुदृढीकरणका विषयमा समेत चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ७ : २३ बजे

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी