२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार



काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा एट्लेटिको मड्रिडले साविक विजेता रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

दोस्रो हाफमा डिफेन्डर डिन ह्युइसेनले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको रियल मड्रिडले चिरप्रतिद्वन्द्वी एट्लेटिकोलाई नतिजा सुम्पिएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । ५२ औँ मिनेटमा ह्युइसेनले रातो कार्ड पाएपछि रियल संकटमा परेको थियो । त्यसको एक मिनेटपछि प्राप्त पेनाल्टीमा एलेक्स ग्रिमाल्डोले गोल गर्दै ५३ औँ मिनेटमा एट्लेटिकोलाई सुरुआती अग्रता दिलाए ।

अग्रता लिएको छ मिनेटपछि नै एट्लेटिकोले दोस्रो गोल थप्यो । ५९ औँ मिनेटमा जियोभानी सिमेओनेको पासमा जोनाथन डेभिडले गोल गर्दै घरेलु टोलीको अग्रता २-० बनाए ।

दुई गोलले पछि परेको रियलका लागि एन्टोनिओ रुडिगरले ८९ औँ मिनेटमा गोल गर्दै अन्तर घटाए । बर्नाडो सिल्भाको पासमा रुडिगरले गोल गरे पनि रियललाई हारबाट जोगाउन त्यो पर्याप्त भएन ।

यससँगै एट्लेटिको मड्रिडले डर्बी भिडन्तमा महत्त्वपूर्ण तीन अंक जोड्दा रियल मड्रिडले पराजय बेहोरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : १० बजे

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको

दैलेखमा सिडिओ नपठाउँदा तिहारमा पनि तलवविहीन बने कर्मचारी

सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा