६ आश्विन २०८३, मंगलबार | September 22, 2026

लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार काफ्लेलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभा सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

काफ्लेले आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण नभई रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले दुवै पक्षबीच छलफल आवश्यक रहेको भन्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा आगामी २०८३ असोज १६ गतेका लागि पेसी तोकेको छ।

अदालतले उक्त छलफलबाट अन्तिम निर्णय नभएसम्म दल त्यागसम्बन्धी सूचना कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको छ।

सर्वोच्चले नेपालको संविधानको धारा १८० समेतलाई ध्यानमा राख्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

यसैगरी, काफ्लेले माग गरेबमोजिम आदेश जारी गर्नु नपर्ने कारण भए त्यसको आधार, कारण र प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूका नाममा आदेश जारी गरिएको छ।

काफ्लेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा जसपा नेपालले जारी गरेको ह्विप उल्लंघन गरेको आरोपमा पार्टीले कारबाही गरेको थियो। त्यसपछि लुम्बिनी प्रदेशसभा सचिवालयले भदौ २४ गते सूचना जारी गर्दै काफ्ले प्रदेशसभा सदस्य पदबाट मुक्त भएको जानकारी गराएको थियो।

प्रदेशसभा सचिवालयको उक्त सूचनापछि काफ्लेले आफूलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ५ : ०३ बजे

गल्छी-स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटक तथा विचार

लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज