२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल



अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् ।

उपसभापति भुसालले पार्टीको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गर्नुपर्ने बताइन् । आज सन्धिखर्कमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा उनले भनिन्, “कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन ।”

पार्टीको १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्ने उल्लेख गर्दै उपसभापति भुसालले आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिइन् । कांग्रेसको अहिलेको मुख्य जिम्मेवारी आन्तरिक समस्या समाधान गर्दै सङ्गठनलाई बलियो बनाउनु र पार्टीलाई जनताको पार्टीका रूपमा पुनःस्थापित गर्नु रहेको उनको भनाइ थियो ।

पन्ध्रौँ महाधिवेशनको प्रमुख कार्ययोजना नै अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिनु रहेको उपसभापति भुसालले बताइन् । उनले कांग्रेसलाई आन्तरिक रूपमा बलियो बनाएर लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र मुलुकको विकासका मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : ०४ बजे

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे