१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा निवेदन



काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले आज पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

महामन्त्री पौडेलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा–५१ अनुसार महामन्त्री पौडेलले कार्यसमितिको विवरणसहित पार्टीका अन्य दस्तावेज आयोगमा बुझाए । उनले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगलाई बुझाएका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १० : २७ बजे

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

नेपालगन्ज । नेपालगञ्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार