२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति



काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ व्टा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले ३१ हिमाल आरोहणका लागि ५८२ पुरुष र २०६ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २४ करोड ७२ लाख सात हजार ६०१ रोयल्टी सङ्कलन गरेको छ ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले ८२ लाख ४२ हजार ५० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, हिम्लुङ हिमालका लागि तीन टोलीका ३४ आरोहीले अनुमति लिएका छन् । उनीहरुबाट विभागले रु २० लाख ८७ हजार ८०० रोयल्टी सङ्कलन गरेको हो ।

यस्तै, आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले आरोहण अनुमति लिएका छन् । उहाँहरुबाट विभागले रु २९ लाख १२ हजार राजश्व सङ्कलन गरेको छ ।

यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

उक्त हिमाल आरोहण गर्नका लागि ७० देशका ७८८ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना रहेका छन् । यसबाहेक रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, स्वीजरल्याण्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३, जापानका २५ जनाले आरोहण अनुमति लिएका छन् ।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् रु २४ करोड ७२ लाख सात हजार ६०१ नेपाली रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ११ : ४६ बजे

त्रिविको बजेट – ३० अर्ब ८७ करोड, सरकारको अनुदान घट्दा ८ अर्बभन्दा बढी अपुग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा सुप कांग्रेसको आपत्ति

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले