२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना



काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम केही घट्ने र चिसो क्रमशः बढ्ने सम्भावना छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ । मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ ।

देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

वर्षा र हावाहुरीका कारण विशेषगरी कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई मौसमसम्बन्धी पछिल्लो सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले आग्रह गरेको छ । सम्भावित मौसमी अवस्थालाई ध्यानमा राख्दै आवश्यक तयारी तथा योजना बनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ६ : ४७ बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना

नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान जारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशन आजदेखि सुरु, पौडेल र गैरे प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको ७३औँ साधारणसभा तथा

‘लमजुङ दरबार’सँगै बाँचेको माया

लमजुङ । ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर । भोजपुर नगरपालिका-५ का किसान कृतिमान विष्ट परम्परागत डोको