नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी साधन चोरी गर्ने गिरोहको एकजना नाइकेलाई पक्राउ गरेको छ । प्रहरीले बाँके जानकी गाँउपालिका ३ कर्मोहनाका २५ वर्षिय मुस्ताक अलि शेषलाई सवारी साधन चोरीको अभियोगमा पक्राउ गरेको हो ।
शेषले सवारी साधन चोरी गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चोरीका सवारी साधन सहित शेषलाई पक्राउ गरेको हो ।
शेषको घर तलासी गर्ने क्रममा शेषसहित चोरी कार्यमा संलग्न व्यक्तिहरुले लुकाई छिपाई राखेका अवस्थामा १० थान मोटरसाइकल, १ थान स्कुटर र १ थान गाडी (कार) बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
सवारी दर्ता प्रमाण पत्र नभएका विभिन्न कम्पनीका सवारी साधनहरु बरामद गरी पक्राउ परेका शेषका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया