२ कार्तिक २०८३, सोमबार | October 19, 2026

नेपाली महिला यू-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा



रूपन्देही । आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यू-१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू-१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिएका थिए । उनी आईसीसी महिला यू-१९ क्रिकेटसँग सम्बन्धित प्रशिक्षकका रूपमा समेत आबद्ध छन ।

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरी-फेब्रुअरीमा आयोजना हुने आईसीसी महिला यू-१९ विश्वकपलाई लक्षित गरी खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको रुपन्देही क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्त मल्लले जानकारी दिए ।

बन्द प्रशिक्षणबाट खेलाडीलाई आगामी अन्तरराष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : २६ बजे

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको