३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

आज महानवमी पर्व, नवदुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै



काठमाडौं । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदैछ । बडादसैँको नवरात्रअन्तर्गत आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ ।

महानवमीका अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने परम्परा छ । दसैँघर, कोत तथा देशभरका देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजाआराधना गरिन्छ । यस दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन पनि छ ।

परम्पराअनुसार विभिन्न शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा तथा राँगाको बलि दिने गरिन्छ । पशुबलि नदिने तथा शाकाहारी भक्तजनले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल चढाउने गर्छन् । कतिपय स्थानमा महानवमीका दिन पायस चढाउने परम्परा पनि छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन् । यही धार्मिक मान्यताका कारण महानवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । केही शक्तिपीठमा पञ्चबलि दिने चलनसमेत रहेको छ ।

नवरात्रको अन्तिम दिन भएकाले आज देशभरका शक्तिपीठमा पूजाआराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ । यस दिन दसैँघर वा पूजाकोठामा स्थापना गरिएका नवदुर्गाको पूजा गर्नुका साथै दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने परम्परा पनि छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विधिपूर्वक पूजाआराधना गरिन्छ ।

महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँसहित कोतपूजा तथा निशानापूजा गरिन्छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ७ : ०० बजे

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र

अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथाङ्का सडकखण्ड सोमबार

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तलेजु भवानी मन्दिर आज बिहान ५ देखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको