नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ परेका छन्।
बैजनाथ गाउँपालिका ८ टिटिरिया बस्ने २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा सोही स्थान बस्ने २८ वर्षीय सन्दीप चौधरी र थारुबीच कात्तिक ४ गते बिहान करिब ५स्३० बजे विवाद भएको थियो ।
उनीहरूबीच विवाद भइरहेका बेला मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाई थारुलाई मार्ने धम्की दिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।
चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















प्रतिक्रिया