८ कार्तिक २०८३, आइतबार | October 25, 2026

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार



दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता दुई सय १८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।

तनहुँमा आर्थिक वर्ष २०७५/७६ देखि तरकारी जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको तरकारी जोन अहिले विस्तार भएर सात सय २३ हेक्टर पुगेको छ । यस अवधिमा तरकारी खेतीको क्षेत्रफल दुई सय १८ हेक्टरले बढेको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि धान जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय हेक्टर क्षेत्रफलमा रहेको धान जोन अहिले विस्तार भएर पाँच सय ८५ हेक्टर पुगेको छ । धान खेतीको क्षेत्रफल पनि ८५ हेक्टरले वृद्धि भएको छ ।

तरकारी तथा धान खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्धेश्यले सञ्चालन गरिएका यी कार्यक्रमले खेतीको क्षेत्रफल विस्तार गर्न सहयोग पु¥याएको ढुङ्गानाले बताए ।

तनहुँको आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालन भइरहेको छ । यी क्षेत्रमा तरकारी उत्पादनलाई व्यवस्थित गर्दै व्यावसायिक खेतीको क्षेत्र विस्तार गर्ने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो ।

तरकारी जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र ११ कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत ढुङ्गानाले जानकारी दिए । यस जोनबाट हालसम्म एक हजार ९८९ जना लाभान्वित भएका छन् ।

किसान, सहकारी, समूह तथा कृषि उद्यमीलाई समेटेर कार्यक्रम सञ्चालन गर्दा उत्पादनलाई व्यावसायिक स्वरूप दिन र कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई सङ्गठित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धान जोन कार्यक्रम तनहुँको व्यास नगरपालिका-८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका-१ मा सञ्चालन भइरहेको छ । धान उत्पादनको क्षेत्र विस्तार तथा खेतीलाई व्यावसायिक बनाउने उद्धेश्यले कार्यक्रम कार्यान्वयन गरिएको हो ।

धान जोनअन्तर्गत दुई सहकारी, दुई कृषक समूह र १० कृषि उद्यमीमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रमबाट एक हजार ८३८ जना लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा पाँच सय हेक्टर क्षेत्रफलबाट सुरु भएको धान जोन अहिले पाँच सय ८५ हेक्टरमा विस्तार भएको छ । तरकारी र धान जोन कार्यक्रमबाट तनहुँमा कुल तीन हजार आठ सय २७ जना लाभान्वित भएका छन् । तीमध्ये तरकारी जोनबाट एक हजार एक सय ८९ र धान जोनबाट एक हजार आठ सय ३८ जना लाभान्वित भएका छन् ।

दुवै कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार हुनुका साथै सहकारी, कृषक समूह र कृषि उद्यमीको सहभागितामा कृषि गतिविधि सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ७ : ५१ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले