८ कार्तिक २०८३, आइतबार | October 25, 2026

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र



रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माणको शनिबार स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।

गत भदौ १० गते भोटेकोशीमा गएको बाढी कारण जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएको स्थानमा नयाँ बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माण सुरु भइसकेको छ ।

सो बेलिब्रिज जडान आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसै घण्टा काम भइरहेको जनाइएको छ ।

यसैगरी, बाढीका कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी-ब्रिद्विम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्टे (स्टिल केबल÷सामग्री) उपलब्ध गराएको छ । सामग्री उपलब्ध भएसँगै सो क्षेत्रका बासिन्दाको आवतजावत सहज बनाउन फड्के पुलको काम पनि सँगसँगै अघि बढाइएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ८ : ५७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले