९ कार्तिक २०८३, सोमबार | October 26, 2026

डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण



काठमाडौं । संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गरेका हुन् । सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप रु एक करोडको चेकसमेत हस्तान्तरण गरे ।

आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराएका हुन् । सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डीएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ३ : ५० बजे

कुसुन्तीको आकाशेपुल : ‘युनिक आर्किटेक्चर’, सुरक्षित र सहज यात्राको अपेक्षा (फोटोफिचर)

ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका–१३, कुसुन्ती हाइटस्थित चक्रपथमा लिफ्टसहितको

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास

दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे चार अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो