१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

यसअघि सरकारले अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर, दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै खरेल त्यहाँ हाजिर हुन गएनन् । उनी सरुवाको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी बनेका थिए । त्यसअघि सरकारले खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गरेको थियो । खरेल पुनः आईजीपी भएपछि प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो ।

यसैगरी, सरकारले रमेश चन्द ठकुरीलाई पनि सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सरुवा गरेको थियो । सुडान घोटाला प्रकरणमा मुछिएपछि उनलाई सुरक्षा सल्लाहकारमा सरुवा गरिएको थियो । त्यसपछि उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई आईजीपी नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  २ : १० बजे

फुटपाथ कब्जागरि आवागमन अवरोध गर्नेहरुलाई खजुरा गाउँपालिकाले काराबाही गर्ने

खजुरा । खजुरा गाउँपालिकाले सडक र फुटपाथ अतिक्रमण गर्नेहरुलाई कारबाही

एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका

बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली