२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा



एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने बताएका छन् ।

४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि २३४ अन्तर्राष्ट्रिय खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

‘पोर्चुगाली जनताका लागि हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

‘मैले कहिल्यै यो जर्सी मेरो मात्र हो भन्ने महसुस गरिनँ । तर, २३ वर्षसम्म यसलाई लगाउने, रक्षा गर्ने र विश्वभरका रंगशालामा पुर्‍याउने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ,’ उनले थपेका छन् ।

रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोपेली च्याम्पियनसिप र सन् २०१९ तथा २०२५ को यूईएफए नेसन्स लिगको उपाधि जितेको थियो ।

गत महिना राष्ट्रिय टोलीका प्रशिक्षक जर्ज जेसससँग खेलमा सहभागी गराउने विषयमा मतभेद भएपछि रोनाल्डो टोलीको प्रशिक्षण शिविरबाट बाहिरिएका थिए । नेसन्स लिगको एक खेलमा प्रशिक्षकले उनलाई मैदानमा उतार्न अस्वीकार गरेपछि दुवैबीच सम्बन्ध चिसिएको बताइएको थियो ।

रोनाल्डोको घोषणासँगै पोर्चुगलको राष्ट्रिय टोलीमा उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन अन्त्य हुने भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ३६ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी