२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रविको प्रश्नपछि बालेनको जवाफ : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व तहमा मतभेद देखिएको संकेत गर्दै देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको टिप्पणी गरेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयबारे पार्टी सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन् ।

लामिछानेले सरकारले आईजीपी परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए । पार्टीले सरकारका सबै निर्णयमा समर्थन नगर्ने र आवश्यक परे फरक धारणा राख्ने उनको भनाइ थियो ।

यसअघि रास्वपाका प्रवक्ता जगदीश खरेलसहितका नेताले पनि आईजीपी परिवर्तनको निर्णय पार्टीसँगको छलफलबाट नभएको बताएका थिए ।

उक्त विषयमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकार देश जोगाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरेका छन् ।

‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् । फरक यति हो! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’, उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ९ : २५ बजे

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

रविको प्रश्नपछि बालेनको जवाफ : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि