२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

दैलेखमा सिडिओ नपठाउँदा तिहारमा पनि तलवविहीन बने कर्मचारी



सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा प्रशासनमा कार्यरत कर्मचारीहरु तलवविहीन बनेका छन् ।

दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ भने जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको हो ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भए पछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले  प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको बताए । प्रजिअ नहुँदा प्रशासन भित्रका २२ कर्मचारीले तलब पाउन सकेका छैनन्।  यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ । 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  २ : ३८ बजे

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको

दैलेखमा सिडिओ नपठाउँदा तिहारमा पनि तलवविहीन बने कर्मचारी

सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने आँकलन

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी