२६ आश्विन २०८३, सोमबार | October 12, 2026

‘सरकारी अस्पताल नजिक निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक’




सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई परिपत्र गर्दै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा ९१० को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको ३०० मिटर वरिपरि अन्य निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ । मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनका लागि यसअघि नै विसं २०७९ माघ २९ को पत्रमार्फत ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको स्मरण गराएको छ ।

मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले उक्त पत्र र संलग्न मापदण्डबमोजिम ऐनको दफा २७ हालसम्म कार्यान्वयन नगरेको जनाउँदै पुनः सख्त ताकेता गरेको बताए । आज मन्त्रीस्तरीय निर्णयअनुसार ऐन तथा मापदण्ड कार्यान्वयनमा कडाइ गर्न स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १० : ४८ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई