२५ आश्विन २०८३, आइतबार | October 11, 2026

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट




कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधारा-चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए । केही दिनअघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो ।

विसं २०६१ मा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवतजावत प्रभावित बनेको छ । पुल भत्किएपछि सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूले सोही दिन क्षतिग्रस्त पुलको निरीक्षण गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सरकारको प्राविधिक टोलीले महाकालीको क्षतिग्रस्त पुलको प्रारम्भिक प्राविधिक अध्ययन गरिसकेको छ । नदीमा पानीको बहाव कम भएपछि अन्य पिलरहरुको अवस्थाबारे पनि अध्ययन गरिनेछ । त्यसपछि आवश्यक मर्मतको काम सुरु गरिनेछ । प्राविधिक टोलीले पुल मर्मतका लागि एक वर्ष समय लाग्ने जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ९ : ३२ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

घटस्थापनामा नेपालगन्जमा धमाधम नयाँ ब्यवसाय

नेपालगन्ज । घटस्थापनाको साईत जुराएर नेपालगन्जमा व्यवसायीहरुले धमाधम आफ्नो नयाँ

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँच हजार ५०० मतगणना

खजुरामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु, न्यू हिमालयनको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरामा बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु