१७ श्रावण २०८३, आइतबार | August 2, 2026

१३औं गणतन्त्र दिवस : देशको भौगोलिक अखण्डता र राष्ट्रियता सुदृढ गर्न राष्ट्रपति भण्डारीको आह्वान



राष्ट्रपति विद्यादेवी भण्डारीले देशको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु-याउने पूर्वजहरूको योगदानको स्मरण गर्नुभएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामाना सन्देशमा पूर्वजनहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित हुन आग्रह गर्नुभएको छ ।

भारतीय सीमा अतिक्रमण चरमोत्कर्षमा पुगेको समयमा राष्ट्रपति भण्डारीको सन्देश अर्थपूर्ण रहेको छ । भण्डारीले राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर सबैलाई आव्हान पनि गर्दै गणतन्त्रलाई थप सुदृढ तुल्याउनुपर्ने बतानुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।”

उहाँले कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुुँदै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना प्रकट पनि गर्नुभएको छ । उहाँले सङ्क्रमित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “आजको यस ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

जनयुद्ध र संयुक्त जन आन्दोलनको बलले २०६५ साल जेठ १५ गते नेपालमा २५०वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणा गरेको थियो । गणतन्त्र दिवसकै अवसरमा राष्ट्रपतिले बिभिन्न अभियोग र कसुरमा जेल जिवन बिताईरहेका २३९ जना कैदीहरुलाई बांकी कैद मिनाहा गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : ४२ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो