१७ बैशाख २०८१, सोमबार | April 29, 2024

१३औं गणतन्त्र दिवस : देशको भौगोलिक अखण्डता र राष्ट्रियता सुदृढ गर्न राष्ट्रपति भण्डारीको आह्वान



राष्ट्रपति विद्यादेवी भण्डारीले देशको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु-याउने पूर्वजहरूको योगदानको स्मरण गर्नुभएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामाना सन्देशमा पूर्वजनहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित हुन आग्रह गर्नुभएको छ ।

भारतीय सीमा अतिक्रमण चरमोत्कर्षमा पुगेको समयमा राष्ट्रपति भण्डारीको सन्देश अर्थपूर्ण रहेको छ । भण्डारीले राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर सबैलाई आव्हान पनि गर्दै गणतन्त्रलाई थप सुदृढ तुल्याउनुपर्ने बतानुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।”

उहाँले कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुुँदै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना प्रकट पनि गर्नुभएको छ । उहाँले सङ्क्रमित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “आजको यस ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

जनयुद्ध र संयुक्त जन आन्दोलनको बलले २०६५ साल जेठ १५ गते नेपालमा २५०वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणा गरेको थियो । गणतन्त्र दिवसकै अवसरमा राष्ट्रपतिले बिभिन्न अभियोग र कसुरमा जेल जिवन बिताईरहेका २३९ जना कैदीहरुलाई बांकी कैद मिनाहा गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : ४२ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको