२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सचिव पाण्डे नेतृत्वको निगम सञ्चालक समिति नै गैरजिम्मेवार



काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको देशव्यापी विरोध भइरहे पनि फिर्ताका लागि सरकारले कुनै पहल गरेको छैन ।

नेपाल आयल निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेकै ‘योजना र दबाबमा सञ्चालक समितिले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको’समेत खुलासा भएको छ । जसकारण दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि पनि अकासिदो छ भने यातायात भाडादर अनियन्त्रित बन्दै गएको छ ।

बजारमा जथाभाबी मूल्यवृद्धि हुँदासमेत वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनसहित कारबाही गर्नुको साट्टा उल्टै व्यापारीसँग ‘सेटिङ’ गर्ने गरेको आरोप मन्त्रालयका सचिव तथा निगम अध्यक्ष पाण्डेमाथि लागेको छ ।

गणेशप्रसाद पाण्डे

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुको भूमिकासमेत ‘शंकास्पद’ रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री र मन्त्री वडुलाई सहज हुनेगरी पाण्डेकै नेतृत्वको आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियममा भारी मूल्य वृद्धि गरेको हो ।

स्वार्थी समूह र कमिसन एजेन्टको प्रलोभनमा परेर उनीहरूले भारी मात्रामा मूल्यवृद्धि गराएको र त्यससम्बन्धी सूचना पहिले नै चुहाएको स्रोत बताउँछ ।

स्रोतका अनुसार नेपाल आयल निगमको आइतबार साँझको सञ्चालक समिति बैठकले ‘पेट्रोलमा प्रतिलिटर २१, डिजल र मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको’ हो ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल लिटरको १ सय ९९ र डिजल तथा मट्टितेल १ सय ९२ रुपैयाँ पु¥याइएको छ । अनियन्त्रित रूपमा गरिएको मूल्यवृद्धिको देशव्यापी विरोध भइरहँदासमेत प्रधानमन्त्री, वाणिज्यमन्त्री र वाणिज्य सचिव पाण्डे ‘मूकदर्शक’ छन् ।

इन्धन मूल्य निर्धारणका लागि निगम सञ्चालक समितिलाई पूर्णअधिकार छ । एकैपटक भारी मूल्यवृद्धि गर्न समिति सदस्यले आनाकानी गरिरहेका पनि समिति अध्यक्षसमेत रहेका वाणिज्य सचिव पाण्डेको ‘जसरी पनि भारी मूल्यवृद्धि गर्नुपर्ने’ अडानका कारण अन्य सदस्य निरीह बन्न पुगेको स्रोतको दाबी छ । पाण्डेलाई प्रधानमन्त्री देउवा, वाणिज्यमन्त्री बडु तथा अर्थमन्त्री जनार्दन शर्माको ‘आशीर्वाद’ रहेको स्रोत बताउँछ । विस्तृत समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ५९ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा