६ श्रावण २०८३, बुधबार | July 22, 2026

कांग्रेसभित्रै मन्त्री फेर्न दबाब



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली कांग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ ।

सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै गएको हो ।

देउवा निकट एक कांग्रेस नेताले भने, ‘समकक्षी साथी मन्त्री हुनुहुन्छ, खुलेरै मन्त्री फेरौं भन्न पनि सकिएको छैन, उहाँहरूको काम पनि चित्त बुझेको छैन, अहिले प्रधानमन्त्रीलाई हामी नजिकका भनिएका नेताले मन्त्री फेर्न सुझाइरहेका छौं ।’

कांग्रेस स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको कार्यसम्पादनसँग उपसभापति पूर्णबहादुर खड्का पनि असन्तुष्ट रहँदै आइरहेका छन् । यसैगरी देउवासँग निकट रहेका नेता मीन विश्वकर्मा, डिला संग्रौलालगायतका नेता पनि सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कामसँग सन्तुष्ट छैनन् ।

यसैगरी कांग्रेस महामन्त्री गगन थापाले समेत पार्टीभित्र मन्त्री फेरबदल गर्ने विषयमा अनौपचारिक रूपमा आवाज उठेको बताउँदै आएका छन् । उनले प्रतिनिधिसभामा पहिलोपटक सांसद भएकाले मन्त्री फेरबदल गरेर आफूहरूलाई अवसर दिन भन्दै अनौपचारिक रूपमा गुनासो आइरहेको बताउँदै आएका हुन् ।

हाल सरकारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीकातर्फबाट मन्त्री छन् । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी छैन ।

गठबन्धनमा आबद्ध रहेको दल नेकपा एकीकृत समाजवादीले भने प्रधानमन्त्री देउवालाई पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेरबदल गर्न भन्दै लिस्ट नै बुझाइसकेको छ । तर, प्रधानमन्त्री देउवाले सो दलको मन्त्री फेर्ने आग्रहलाई टार्दै आइरहेका छन् । समाजवादी सचिवालयको २२ जेठको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा समेत नेकपा एसबाट मन्त्री सिफारिस गरिएकालाई तत्काल मन्त्री नियुक्त गरेर सपथ गराउन प्रधानमन्त्रीलाई दबाब दिइएको छ ।

यसैगरी बुधबार नै बसेको नेकपा एसको सचिवालय बैठकले समेत पार्टीकातर्फबाट मन्त्री फेरबदल गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको सो दलका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘मन्त्रिमण्डलमा फेरबदल गर्ने भनेर जुन निर्णय हाम्रो पार्टीबाट भएको छ, सो निर्णय तुरुन्त कार्यान्वयन गर्नु प¥यो भन्ने निर्णय गरेका छौं,’ खनालले भने ।

सरकारमा रहेको अर्को दल माओवादी केन्द्र भित्र पनि आन्तरिक रूपमा मन्त्री फेर्न दबाब छ भने जसपामा पनि मन्त्री फेरबदलको विषयले विवाद झागिँदै गएको छ ।

जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव मन्त्री फेर्ने मनस्थितिमा पुगेका छैनन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ४० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको