३ पुस २०८२, बिहिबार | December 18, 2025

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न खबरकुराले साथ दिनेछ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा सञ्चार माध्यमलाई तथ्ययुक्त सूचना संबाहकको रुपमा समाजले शक्तिशाली दर्जा र विश्वास प्रदान गर्ने गरेको बताउनुभएको छ ।

संज्ञान मिडिया प्रालीद्वारा सञ्चालित ‘खबरकुरा डककम’को प्रकाशन शुभारम्भको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै प्रधानमन्त्री ओलीले समाजको ऐनाको रुपमा रहेका सञ्चार क्षेत्रले पवित्र उत्तरदायित्वबोध गर्न आफ्ना सामग्रीहरुलाई स्वतन्त्र, निस्पक्ष र तथ्ययुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । खबरकुरा डटकमले यो उत्तरदायित्वलाई महत्वका साथ बहन गर्ने पनि ओलीले विश्वास गर्नुभएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संकटले मुलुक र जनतासामु उत्पन्न गरेका चुनौतीलाई सामना गर्दै अघि बढ्न खबरकुरा ले साथ दिनेछ भन्ने विश्वास पनि ओलीले लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘विगतमा हाम्रो राष्ट्रिय जीवनको लामो समय अधिकार प्राप्तिको संघर्षमा व्यतित भयो । अब राजनीतिक वा अन्य कुनै अधिकारका लागि संघर्षमा समय बिताउनुपर्ने अवस्था छैन । अबका हाम्रा सबै पाइला विकास र समृद्धितर्फ अभिमुख छन् । अर्थात, ‘समद्ध नेपाल सुखी नेपाली’ हाम्रो राष्ट्रिय आकांक्षा र गन्तव्य हो । राष्ट्रको यस आकांक्षा पूरा गर्न खबरकुरा डटकमले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले काठमाडौं र प्रदेश ५ को राजधानीबाट एकैसाथ खबरकुरा डटकम संचालन हुनलागेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  २ : ५५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका