२१ भदौ २०८३, आइतबार | September 6, 2026

गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट ७ जना कैदी रिहा



गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट ७ जना कैदी रिह

वीरगञ्ज । १३ औं गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्ला कारागारबाट ७ जना कैदीबन्दी रिहा भएका छन् ।

यो संगै प्रदेश २ मा रिहा हुनेको संख्या १२ पुगेको छ । प्रदेश २ को सप्तरी कारागारबाट २ जना, सिराहा कारागारबाट १ जना र महोत्तरी कारागारबाट २ जना गरी जम्मा १२ जना कैदी गणतन्त्र दिवसको अवसरमा रिहा भएका हुन् ।

पर्सा कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, कर्तव्य ज्यान, दस्तखत किर्ते, बन पैदावार र अङ्गभङ्ग मुद्दामा एक-एक जना गरी सात जनाको रिहा गरिएको छ ।

मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने गरेको निर्णयपछि उनीहरुको रिहा गरिएको पर्सा कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताउनुभयो ।

रिहा हुनेमा असल चाल चलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकार प्रतिबन्ध लगाएका १९ प्रकारका मुद्दा बाहेकका कैदीहरुलाई रिहा गरिएको उहाले बताउनुभयो ।

रिहा भएका कैदीहरुलाई अबिर टिका लगाई विदाई गर्दै कारागार प्रमुखले समाजिक करणको प्रकृयामा सफलता मिलोस् र कुनैपनि अपराधिक गतिविधिमा संलग्न नहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।

लागु औषध, भ्रष्ट्रचार, मानव तस्कर, सर्वोसहित जन्मकैद र चेलीबेटि बेचविखन लगायत १९ प्रकारका गम्भिर मुद्धा हो । यी मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेपनि आम माफि पाउँदैन ।

हाल पर्सा जिल्ला कारागारमा ९१ जना महिला सहित १२७२ जना मध्ये कैदीबन्दीहरु विभिन्न मुद्धामा जेल सजाय काटि रहेका छन ।

यस कारागारबाट पुरुष कैदीहरुको सिफारिस गरिएपनि कानुन बमोजिम मापदण्ड पुरा नभएपछि महिलाहरुको आममाफीको लागि सिफारिस नगरिएको कारागार प्रमुख पोखरेलले बताउनुभयो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार देशभरीकै कारागारबाट २ सय ३३ कैदी रिहाको बाँकी कैद सजाय मिनाहा गर्नुभएको हो । त्यसमध्ये प्रदेश २ मा १२ जना कैदीहरुको सजाय मिनाहा गरिएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  २ : ४१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका