१७ श्रावण २०८३, आइतबार | August 2, 2026

गणतन्त्रको संस्थागत विकास गर्न अनलाइन मिडिया विश्वसनीय बन्न आवश्यक : महासचिव पौडेल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का महासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले गणतन्त्र दिवसलाई आफ्नो स्थापना दिवस बनाएको खबरकुरा अलनाइनले गणतन्त्रलाई संस्थागत विकास गर्दै अनलाइन मिडियाको विश्वसनीयता र गुणस्तरको विकासमा नेतृत्वदायी भूमिकाका लागि शुभकामना ब्यक्त गर्नुभएको छ ।

खबरकुरा डकटकमको औपचारीक शुभारम्भको अवसरमा शुभकामना सन्देश पठाउंदै महासचिव पौडेलले छिटो र छरितो सूचना प्रदान गरेर अनलाइन मिडियाहरुले निकै महत्वपूर्ण योगदान पु-याइरहेको बताउनु भएको छ । उहांले प्रतिस्पर्धाको दौडमा कहिले काहीं अनलाईन मिडियाहरु सही सूचना दिनबाट चुकेको भन्दै अनलाइन मिडियाहरुको भिडमा पृथक र खोजमूलक पत्रकारिता गर्ने विश्वसनीय अनलाइनको रुपमा खबरकुरा डट कमले आफुलाई उभ्याउने विश्वास ब्यक्त गर्नुभएको छ ।

नेपाली समाजको रुपान्तरण, सुशासन, लोकतन्त्र र समतामुलक राज्य निर्माण गर्न पत्रकारिता क्षेत्रले खेलेको भूमिका पनि निकै महत्वपूर्ण रहेको प्रष्ट पार्दै महासचिव पौडेलले आगामी दिनहरुमा पनि आमसंचार जगतले निष्पक्ष, सत्य, विश्वसनीय, सन्तुुलित, व्यवसायिक तथा जिम्मेवार भई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्न महत्वपूर्ण योगदान गर्ने आशा गर्नुभएको छ । उहांले सन्देशमा भन्नु भएको छ, “अवको यात्रा आर्थिक विकास र सम्मृद्धिको यात्रा हो । यो यात्राका अवसरमा गरिने सही निर्णयहरुले मात्र मुलुकलाई सम्मृद्ध बनाउन सक्छ ।”

“खबरकुरा डट कमले व्यवसायिकता, स्वतन्त्र, निश्पक्ष, सत्य एवं विश्वसनीयता अभिबृद्धि गर्न भुमिका खेल्न सकोस् शुभकाना” महासचिव पौडेलले भन्नु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ५ : ५३ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो