२० श्रावण २०८३, बुधबार | August 5, 2026

तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात जना घाइते



मलङ्गवा । सर्लाहीको गोडैता नगरपालिका-४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।

हुलाकी सडक निर्माणका क्रममा गोडैता-४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले जानकारी दिए । गम्भीर घाइते चारलाई काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए ।

घाइते हुनेमा गोडैता-४ रोहुवाका वेल्डिङ्ग गर्ने मिस्त्री २० वर्षीय शिवु चौधरी, उनका भाई १९ वर्षीय अनुराग चौधरी, स्थानीय ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल, हुलाकी सडक निर्माणमा काम गर्ने कामदार रौतहट माधवनारायण नगरपालिका-४ का ३० वर्षीय सुरेन्द्र हजारी, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ बस्ने ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नगरपालिका-६ बस्ने ३८ वर्षीय गोपाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जलेर घाइते भएका तीनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले हुलाकी सडकअन्तर्गत सर्लाहीको गोडैतामा कालोपत्र गर्ने काम सुरु गरेको छ । अलकत्रा बोक्ने ना १ क ६०३९ नम्बरको ट्याङ्करलाई मर्मत गर्ने क्रममा उक्त घटना हुन पुगेको साह निर्माण सेवाका सञ्चालक नागेन्द्र साहले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ३१ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर