नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज-गुलरिया सडक खण्डको धम्वोजी चोकदेखि नन्दनी मिल सम्मको करिब २ किलोमिटर सडकको आजबाट निर्माण प्रारम्भ गरिएको छ । आज एक कार्यक्रमका बीच सो सडक खण्डको निर्माण कार्य प्रारम्भ गरिएको हो ।
हुलाकी राजमार्गको योजना कार्यालय, नेपालगन्जबाट ठेक्का ब्यवस्थापन गरिएको सो सडक खण्डको निर्माण ब्यवसायी हिम सगरमाथा कन्ट्रक्सन प्रा.लीले आजबाट सडक विस्तार र स्तोरोन्नतीको कार्य थालनी गरेको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त विष्टले सडक निर्माणका क्रममा स्थानीय सरकारको तर्फबाट सहिजिकरणको प्रतिबद्धता सहित सिघ्र सडक निर्माणको शुभकामना दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले अन्तरनिकाय समन्वय तथा सहजिकरणमा जिल्ला प्रशासन कार्यालयको सदा साथ रहने जनाए ।
कार्यक्रममा सम्वन्धित निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि दिपक खड्काबाट निर्माण कार्यमा अवरोध सिर्जना नभएमा तोकिएको समय सीमा भन्दा अगावै कार्य समपन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले सडक विस्तार कार्यक्रममा स्थानीयबासीले देखाएको सहयोग र सक्रियताको प्रशंसा गरे । उनले सूचना लगत्तै स्थानीबाट स्वस्फुर्त निर्माणस्थल खालि गरिदिएको काम गर्न सहज बनाईदिएको उल्लेख गर्दै कार्यालयको तर्फबाट स्थानीइबासीलाई धन्यवाद प्रकट गरे । उनले सडकले अव नेपालगन्ज शहरको सौन्दय सहित आर्थिक क्षेत्रमा निकै ठुलो योगदान दिने सुनिश्चित रहेको स्पष्ट पारे ।
नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनीमिल सम्मको १ हजार ९०० मिटर सडक र बर्दिया स्थित चपला नालाको पुल सम्पन्न भएपछि हुलाकी राजमार्गको बाँके बर्दिया खण्डका मुख्य राजमार्गको काम सम्पन्न हुने छ ।
















प्रतिक्रिया