४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ



काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

मलेसिया श्रमिक प्रकरणमा पक्राउ पुर्जी जारी भएका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।

सीआईबीको उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। स्रोतका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै उनी नेपालबाहिर पुगेका थिए।

तर, भारतको कोलकाता पुगेका उनलाई भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा पक्राउ गरिएको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ।

यद्यपि, अर्याललाई ठ्याक्कै कहाँ र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे सीआईबीले औपचारिक रूपमा खुलाएको छैन। उनको पक्राउबारे विस्तृत जानकारी दिउँसोसम्म सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धान अघि बढाउने क्रममा तत्कालीन मुख्यसचिव अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

यसै प्रकरणमा यसअघि नै दुई पूर्वश्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन्। अर्यालको पक्राउसँगै मलेसिया श्रमिक प्रकरणको अनुसन्धान थप चर्चामा आएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ९ : २३ बजे

Your email address will not be published.

नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

काठमाडौं ।टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

भक्तपुर । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

काठमाडौं । राजधानी काठमाडौंबाट धुवाँ तथा कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार