१६ पुस २०८२, बुधबार | December 31, 2025

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा



खोटाङ । दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोपपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समुहका सबै बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रकृया भएको आधारमा ११ वडा रहेको नगरपालिकालाई बुधबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकालाई ५११ जना बालबालिकालाई सबै खोपको मात्रा दिनुपर्ने लक्ष्य दिएकामा ९६ प्रतिशत अर्थात ४९१ बालबालिकाले सबै किसिमका खोप पाएको निश्चित गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले बताए ।

जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोग बिरुद्धको खोपको मात्रा पुर्णरुपमा पाएको आधारमा हलेसी तुवाचुङ जिल्लाकै पुर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ ।

१६ महिनादेखि २३ महिनाका सबै बालबच्चाले सबै किसिमका खोप पाइसकेपछि नगरका हरेक वडा खोप समन्वय समितिले पुर्ण खोप सुनिश्चितता वडा बनेको उल्लेख गर्दै नगर स्वास्थ्य शाखा समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा नगर खोप समन्वय समितिको ८ असारको बैठकले नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणाका लागि उपयुक्त भएको सिफारिस जिल्ला खोप समन्वय समिति समक्ष गरेको थियो । नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको र्‍याण्डम अनुगमनपछि जिल्ला खोप समन्वय समितिले १२ असारमा पुर्ण खोप सुनिश्चितता घोषणाका लागि पत्र दिएको आधारमा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको सह-संयोजक घिमिरेले बताए । नगरपालिका घर भएका तर हाल बाहिर बसिरहेका बालबच्चाले समेत सबै किसिमका खोप पाएको सुनिश्चित गरिएको मेयर बिमला राईले बताइन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ६ : ५२ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको